उदयपुर, मंसिर ६: उदयपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले १५ हजार २ सय ५१ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गरेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ६७ मत प्राप्त गरेका छन्।
रायमाझीले खतिवडालाई २ हजार ३ सय ५८ मतकाे फराकिलो मतान्तरले पराजित गरेका हुन् ।