उदयपुरको एम्बुलेन्स सुनसरीमा दुघर्टना, सवार सबै सकुशल

रिपोर्ट नेपाल | 2019 Oct 22 | 11:15 am 1632

सुनसरी, कात्तिक ५: उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ द्वारा संचालित एम्बुलेन्स सुनसरीमा दुघर्टना भएको छ ।

उदयपुरबाट विरामी बोकेर विराटनगर जाँदै गरेको स १ झ ५२८ नम्बरको एम्बुलेनस मंगलबार बिहान ५ बजे सुनसरीको दुहवी नगरपालिका ८ सोनापुर दुर्घटना भएको प्रहरीले जानकारी दिए ।

विरामी बोकेर जाँदै गरेको एम्बुलेन्सलाई ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट एम्बुलेन्सको अगाडीको अधिकांश भाग क्षती पुगेको छ ।

एम्बुलेन्स चालक, विरामी र अन्य दुईको अवस्था भने सकुशल रहेको उदयपुरगढी गाउँपालिका ५ का वडाध्यक्ष कुमार अधिकारीले जानकारी दिए ।

वडाध्यक्ष अधिकारीका अनुसार उक्त एम्बुलेन्सले उदयपुरगढी वडा नम्बर ४ को विरामी बोकेर विराटनगरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको बताए ।

सो एम्बुलेन्समा चालक सहित चार जना रहेकोमा चारै सकुशल रहेका छन् । चालकसँग सम्पर्क गर्दा कसैलाई केही नभएको जानकारी दिइएको वडा अध्यक्ष अधिकारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.