उच्च अदालतमा नवनियुक्त २७ न्यायाधीशको पदस्थापन (सुची सहित)

| 2023 Sep 19 | 06:14 pm 1289

काठमाडाैँ, असोज २ । नवनियुक्त न्यायाधीशहरुलाई न्याय परिषद्ले गत शुक्रबार बसेको  बैठकले पदस्थापन गरेको छ । न्याय परिषद्ले न्यायाधीशहरुको पदस्थापन गरेको सूचना सोमबार सार्वजनिक गरेको हो ।

परिषद्का अनुसार नवनियुक्त उच्च अदालतको न्यायाधीशहरुमा चन्द्रमणि ज्ञवाली, श्याम कुमार भट्टराई, प्रकाश खरेल, ब्रजेश प्याकुरेल,   कृष्णराम कोइराला र नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ ।

त्यस्तै न्यायाधीशहरु राधाकृष्ण उप्रेती र अर्जुन अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा पदस्थापन गरिएको छ भने हरिश्चन्द्र ढुङ्गाना, ऋषिराम निरौला, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, मोहनराज भट्टराई र अर्जुन महर्जनलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पदस्थापन गरिएको छ ।

न्यायाधीश कविप्रसाद न्यौपानेलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा पदस्थापन गरिएको छ भने स्वीकृति पराजुली, पुण्यशिला दवाडी घिमिरेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पदस्थापन गरिएको छ । न्यायाधीश काजीबहादुर राईलाई उच्च अदालत सुर्खेतमा पदस्थापन गरिएको छ ।

न्यायाधीश रितेन्द्र थापालाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ भने न्यायाधीश विनोदकुमार पोखरेललाई उच्च अदालत जनकपुरमा पदस्थापन गरिएको छ । न्यायाधीश सुशिल कोइराला उच्च अदालत विराटनगरको धनकुटा इजलासमा पदस्थापन भएका छन् ।

न्यायाधीश अचुतम कुमार आचार्यलाई उच्च अदालत तुलसीपुरमा पदस्थापन भएका छन् भने न्यायाधीश गोविन्द जोशी उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा पदस्थापन भएका छन् । यञ बहादुर राना मगरलाई उच्च अदालत पोखराको बागलुङ इजलासमा पदस्थापन गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.