उच्च अदालतद्वारा लगानी बोर्डका सिईओ भट्टलाई काम गर्न नदिन आदेश

रिपोर्ट नेपाल | 2020 Aug 11 | 05:40 pm 2028

काठमाडौं, साउन २७ः सरकारले लगानी बोर्डमा नियुक्त दिएका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ ।

मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले आगामी आइतबारसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न आदेश दिएको छ । भट्टको नियुक्तिविरुद्ध अधिवक्ता जयबहादुर भुजेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

आगामी साउन ३२ गते पक्ष र विपक्ष दुबै पक्षलाई अदालतले छलफलमा बोलाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.