इरानमा परेड खेलिरहेका सेनामाथि हमला : २४ जनाको मृत्यु, ५३ घाइते

रिपोर्ट नेपाल | 2018 Sep 22 | 05:45 pm 1796

तेहरान, इरान, असोज ६: इरानको सैन्य तालिममा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको  छ।

परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र आज शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको त्यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ ।

उक्त घटनामा ५३ जना घाइते भएको बताएको छ । आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्यामा केही थप हुने जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.