इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

रिपोर्ट नेपाल | 2022 Sep 01 | 03:40 pm 1597

काठमाडाैं, भदाै १६ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

सोही क्रममा, मिति २०७९ भाद्र १५ गते UNITED NATIONS ASSISTANCE MISSION FOR IRAQ (UNAMI), ईराकमा तैनाथ श्री संयुक्त राष्ट्र संघिय गार्ड युनिट UNAMI-X (B) लाई बदली गर्नका लागि श्री संयुक्त राष्ट्र संघिय गार्ड युनिट UNAMI-XI (B) को पहिलो टोली सेनानी बसन्त नाथ योगीको नेतृत्वमा १८ जना नेपाली शान्ति सैनिकहरु Commercial Flight (Fly Dubai) मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

साथै, उक्त मिशनमा तैनाथ श्री संयुक्त राष्ट्र संघिय गार्ड युनिट UNAMI-X (B) को पहिलो टोली सह सेनानी अनिल थापाको नेतृत्वमा १८ जना नेपाली शान्ति सैनिकहरु आज मिति २०७९ भदाै १६ गते स्वदेश आगमन भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.