इमान्दार र निष्ठावान बनेर काम गर्न कर्मचारीलाई मेयर रेणु दाहालकाे निर्देशन

रिपोर्ट नेपाल | 2019 May 16 | 05:56 pm 1638

चितवन,  जेठ २ : भरतपुर महानगरपालिकी मेयर रेणु दाहालले कर्मचारीलाई इमान्दार र निष्ठावान बनेर सेवाप्रति समर्पित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन्।

भरतपुर महानगरपालिकाका वडा सचिव र समायोजन पदस्थापनमा आएका कर्मचारीको क्षमता विकासको लागि भएको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले वडा कार्यालयहरूलाई चुस्त, दुरुस्त र सशक्त बनाउन कार्यशालाको आयोजना गरिएको बताइन् ।

‘राष्ट्रसेवक कर्मचारीहरूले सेवाग्राहीको कुनै पनि काममा ढिलासुस्ती नगरी, पारदर्र्शी ढंगले सेवा प्रवाह गर्न जरुरी छ,’ उनले भनिन् । महानगर प्रमुख दाहालले वडा कार्यालयलाई सशक्त र गतिशील बनाउन वडा सचिवहरुलाई निर्देशन दिएकी छन् ।

कार्यशाला गोष्ठीमा महानगरका २९ वटा वडाका वडा सचिवहरू सहभागी थिए । महानगर प्रमुख दाहालले भनिन्, ‘सेवा प्रवाह प्रभावकारी अझै हुन नसकेको यताकदा केही गुनासोहरू आइरहेका छन्, यस्तो कुनै किसिमको गुनासो नआउने ढंगले काम गर्न जरुरी छ ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले सिंगो महानगरलाई उत्कृष्ट महानगर बनाउन वडा सचिवहरूको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले कार्यशालाबाट सिकेको सीपलाई कार्यान्वयनमा लगेर सेवालाई प्रभावकारी बनाउन कर्मचारीहरूको कर्तव्य भएको बताइन् ।

कार्यक्रममा महानगरपालिकाका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले क्षमता विकास गरेर महानगरलाई नमुना र उत्कृष्ट महानगर बनाउन सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.