इन्धनको मूल्य घटाउन नसकिने सरकारको भनाई

रिपोर्ट नेपाल | 2026 May 05 | 03:36 pm 149

वैशाख २२ काठमाडौँ / सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन नसकिने जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इन्डियन आयल कर्पोरेसन (आईओसी) ले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने जनाएका छन्।

मंगलबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले सरकारले बाध्य भएर उक्त वस्तुहरूको मूल्य बढाउनुपर्ने अवस्था रहेको बताए ।

स्वचालित मूल्यमा बिक्री गर्ने भने सरकारले पेट्रोल लगायतका इन्धनहरूको बिक्री गर्दा हालको भन्दा पनि बढी मूल्य पर्न जाने बताए । उनले सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै स्वाचालित मूल्यअनुसार उक्त वस्तुको बिक्री नगरेको पनि बताए ।

सचिव राउतले भने, ‘कस्तो अवस्था छ भने महँगोमा किन्ने अनि सस्तोमा बिक्री हुँदै जाँदाखेरी यो पहिलोका सञ्चित मुनाफा पनि सकिएको छ । सरकारले बाध्य भएर मूल्यवृद्धिको कदम चाल्नुपरेको छ ।

सरकारले हाल नेपाल आयल निगमका कर्मचारीलाई बोनस दिने काम नगरेको पनि बताए । सचिव राउतले निगम मुनाफामा नभएकाले त्यहाँका कर्मचारीहरूले बोनस खाने अवस्था नरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.