इन्डोनेसियामा बाढीका कारण ४ को मृत्यु, २०० विस्थापित

रिपोर्ट नेपाल | 2018 Dec 09 | 04:54 pm 2238

जकार्ता,  मंसिर २३ : इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ । बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित भएको अधिकारीहरुले आइतबार जनाएका छन् ।

प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले बाढी पहिरोका कारण कैयौं घरहरु बगाएको वा भत्किएको पनि जानकारी दिएका छन् । एक अधिकारीले सिन्ह्वालाई फोनमा जानकारी दिँदै भन्नुभयो, “अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।”

घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको समाचारमा जनाइएको छ । बाढी र पहिरोबाट प्रभावितहरुलाई घटनास्थलबाट विभिन्न ठाउँमा स्थानान्तरण गरिएको र अस्थायी बसोबासको व्यवस्था गर्न लागिएको छ ।

इन्डोनेसियामा हरेक वर्ष अत्यधिक वर्षासँगै बाढी र पहिरो आउने गरेको छ । बाढी पहिरोका कारण इन्डोनेसियामा प्रत्येक वर्ष हजारौँको ज्यान जाने गरेको छ भने त्योभन्दा धेरै विस्थापित हुने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.