इनरुवा नगरपालिकाका इन्जिनियरमाथि हातपात, कर्मचारीद्वारा काम ठप्प

रिपोर्ट नेपाल | 2018 Dec 11 | 02:41 pm 5046

इनरुवा, मंसिर २५ : इनरुवा नगरपालिकाका इन्जिनियर इन्द्रानन्द साहमाथि कार्यालयमै हातपात भएको छ । स्थानीय राजिब मेहताले इन्जिनियर साहमाथि दुर्व्यवहार गर्दै हातपात गरेका हुन् ।

घरकाे नक्सा पाससम्बन्धी फाइलको विषयलाई लिएर रुष्ट बनेका मेहताले काम नगरिदिएको भन्दै इन्जिनियरमाथि हातपात गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

तोकिएको मापदण्ड विपरित गएर इजाजत दिन नसकिने बताउँदा आफुमाथि हातपात भएको इन्जिनियर साहले बताए । कर्मचारीमाथि कार्यालय हातामै हातपात भएपछि नगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । उनीहरुले कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

यसैबिच इनरुवा नगरपालिकाका कर्मचारीहरुले दोषी उपर कानुनी कार्वाहीको माग सहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आन्दोलित कर्मचारीहरुले भयरहित वातावरणमा काम गर्ने अवस्था सृजना नभएसम्म काममा नफर्किने बताएका छन् ।

कर्मचारीहरुले सेवा ठप्प पारेपछि कामकाजकालागि नगरपालिका पुगेका सर्वसाधारण भने मार्कामा परेका छन् । हातपात गर्ने मेहतालाई प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.