इजिप्टमा ७५ जनालाई मृत्युदण्डको सजाय

रिपोर्ट नेपाल | 2018 Jul 29 | 06:59 am 2138

इजिप्ट, साउन १३: इजिप्टको अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्ड फैसला सुनाएको छ । कानुनअनुसार फैसलालाई कार्यान्वयनमा लैजान सरकारी अधिकारीको परामर्श लिने प्रावधान रहेको छ । इजिप्टको कानुनमा मृत्युदण्ड फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा झडपमा प्रहरीको हत्या भएको थियो । प्रहरीको हत्यामा सम्लग्नता भएका तथा सार्वजनिक सम्पत्ती हिनामिना गरेको आरोपमा मुद्दा लागेका ७ सय १३ जनामध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो ।

पछिल्लो समयमा भएको कहालीलाग्दो झडपमा करिब ७ सय इजिप्टेली नागरिकको मृत्यु भएको थियो । जसमा बरिष्ठ ब्रदरशहुड नेता मोहम्मद एल–बेल्टागी, इश्लाम अल–आर्यन र सफ्वात हिजाजी अदालतको कठघरामा रहेका थिए । बाँकी सुनुवाइका क्रममा अनुपस्थित थिए ।

मृत्युदण्डको सजायमा अदालतले गत मेमा युनेस्को प्रेस स्वतन्त्रता पुरस्कार प्राप्त गरेका शावकान नामबाट चिनिने प्रसिद्ध फोटो पत्रकार महमद अवु जैदको सुनुवाई भने तत्कालका लागि स्थगित गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.