इच्छाकामना गाउँपालिका वडा नं २ को कार्यालयमा तोडफोड

रिपोर्ट नेपाल | 2019 Jul 31 | 02:23 pm 3352

चितवन, साउन १५: अज्ञात समुहले इच्छाकामना गाउँपालिका वडा नं २ को कार्यालयमा तोडफोड गरेका छन् । वल्याङस्थित रहेकाे वडा कार्यालयमा मङ्गलबार राति तोडफोड भएको जानकारी गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले दिए ।

उनका अनुसार कार्यालयको कुर्सीलगायतका सामग्री बाहिर फालिएको थियाे भने कार्यालयका कागजात च्यातिएको अवस्थामा फेला पारिएको छ । घटनास्थलमा नेकपाको पर्चा फेला परेकाले उक्त पार्टीले नै कार्यालय तोडफोड गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.