आहा ! कस्तो गजब छ लकडाउन

रिपोर्ट नेपाल | 2020 Apr 11 | 07:14 pm 4838

  • मित्र ‘उराठी; गौतम

मान्छेका यावत् दैनिकीहरु ठप्प पारेर
मानवीय घमण्डका शेखी झारेर
मान्छेलाई समानताको पाठ पढाउँदै छ
एकआपसमा भाइचारा बढाउँदै छ
अनुशासन सिकाउने गुरु भाको लकडाउन ।
आहा ! कस्तो गजब छ लकडाउन ।।

न आवतजावत् यताउती छ
न कसैसँग झैझगडा छ
न सँधियारले साँध मिचेको छ
न घुस्याहाले घुस मागेको छ
सबैलाई चुपचाप पारेको छ लकडाउन ।
आहा ! कस्तो गजब छ लकडाउन ।।

न दलालले ठगेको छ
न गाउँ वस्तीमा चोरी बढेको छ
न चेलीबेटी बेचेको खबर छ
न हत्या,बलात्कार र अपहरण छ
सबलाई रनभुल पारेको छ लकडाउन ।
आहा ! कस्तो गजब छ लकडाउन ।।

न दुर्घटना छ सवारी, विमान

न प्रदुषण छ चौतर्फि पवन
नदी स्वच्छ र निर्मल पवित्र
तलाउ शान्त र स्निग्ध भित्र भित्र
जलचर,थलचर र नभचरमा मस्त छ लकडाउन ।
आहा ! कस्तो गजब छ लकडाउन ।।

बिहानीको घामसँगै हिमाल हाँसेको छ
वासन्तिमा कोकील गाउँछे, मयुर नाचेको छ
निलो गगनमा स्वतन्त्र पन्छी कावा खाँदै छ
युगौँ पछि मनुष्य स्वच्छ हावा खाँदै छ
प्रकृतीको नियम पालनामा छ लकडाउन ।
आहा ! कस्तो गजब छ लकडाउन ।।
आहा ! कस्तो गजब छ लकडाउन ।।।
….अस्तु….

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.