आसाममा बाढीका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो

रिपोर्ट नेपाल | 2018 Jul 02 | 06:39 pm 5744

नयाँदिल्ली, १८ असार : भारतको उत्तरपूर्वी आसाम प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरूको संख्या ३२ पुगेको छ । सरकारी अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार केही दिनदेखि आइरहेको बाढी पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गएर ३२ पुगेको हो ।

बाढी पहिरोबाट ६३ हजार जना प्रभावित भएका छन् । प्रभावित हुनेमा अधिकांश पाँच जिल्लाका रहेका छन् । अधिकारीहरूले २६ अस्थायी शिविर तथा वितरण केन्द्रहरू बनाएर बाढी प्रभावितहरूलाई आश्रय दिइएको जानकारी दिएका छन् । तीनै केन्द्रहरूबाट पीडितहरूलाई राहत तथा सहयोग वितरण गरिएको छ ।

भारतीय केन्द्रीय गृह मन्त्री राजनाथ सिंहले आसामका मुख्य मन्त्री सर्वानान्द सोनोवाललाई सवै सहयोग उपलब्ध गराइने भएकाले चिन्ता नलिन आश्वस्त पार्नु भएको थियो । मौसम विभागका अधिकारीहरूले अझै केही दिन ठूलो वर्षा हुने पूर्वानुमान गरेको समाचारमा जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.