आर्मीलाई पराजित गर्दै एपीएफ सेमीफाइनलमा

रिपोर्ट नेपाल | 2019 Mar 26 | 06:28 pm 2735

काभ्रेपलाञ्चोक, १२ चैत : नेपाल आर्मी क्लबलाई हराउँदै एपिएफ क्लब काभ्रेपलाञ्चोकको धुलिखेलमा जारी ‘काभ्रे गोल्डकप’को सेमीफाइनलमा प्रवेश गरेको छ ।

आजको प्रतिस्पर्धामा एपिएफ क्लबले नेपाल आर्मी क्लबलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । खेलको ३०औंँ मिनेटमा एपिएफ क्लबका महेश लामाले पहिलो गोल गरी आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ३ मिनेट नबित्दै एपीएफ क्लबका हरि कार्कीले अर्को गोल थपे ।

निकै आक्रमक रुपमा प्रस्तुत दुवै टोलीले मध्यान्तरपछिको खेलमा भने कुनै गोल गर्न सकेनन् । आजको खेलमा एपिएफ क्लबका गोलकिपर राजु नगरकोटीलाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो । बुधबारको अर्को सेमीफाइनल खेल सङ्कटा ब्याइज क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । छ वटा ए डिभिजन क्लबसमेतको सहभागितामा जिल्लामा २५ वर्षपछि भएको फुटबल प्रतियोगितामा १० टोली सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.