काठमाडौँ फागुन ४: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको विभाजनको असर तल्लो तह सम्म पर्न थालेको छ। पछिल्लो समय दाहाल , नेपाल समूह र ओली समूह बीच बैचारिक विवाद नभएर कुर्चीको विवादका कारण कार्यकर्ता एक आपसमा मुढभेढ गर्न थालेका छन्।
आज मंगलबार दुवै पक्षका बिद्यार्थी बीच काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप हुदा एकजना विद्यार्थीको दाँत भाँचिएको छ ।
ओली पक्षबाट आक्रमण हुदा दिपक बस्नेतको दाँत भाचिएको भन्दै स्ववियू सभापति टपेन्द्र शाहीले कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको बताएका छन।