आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पाँच वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 28 | 04:18 pm 1856

गौशाला, मङ्सिर १२  : आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भङ्गाहा नगरपालिकाको हरिणमरी गाउँ बस्ने कौशलकिशोर साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

प्रहरीक अनुसार पक्राउ परेका साहले २०७० भदौ १८ गते आफ्नै श्रीमती सञ्जुदेवी साहको हत्या गरी महोत्तरीको हरिणमरी र धनुषाको सिनुरजोरा गाउँको बीचबाट बग्ने बिग्ही नदीमा माटोमुनि गाडेका थिए ।

आफ्नै श्रीमतीलाई विभत्स हत्या गरी फरार रहेका साहले भारतको उमगाँव शहरमा १३ महीना र कतारमा ३० महीना लुकेर काम गरेका थिए । ११ महीनादेखि जनकपुरधाममा अटो रिक्सा चलाइरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.