आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा थापा पक्राउ

रिपोर्ट नेपाल | 2022 Mar 25 | 01:22 pm 1285

काठमाडौं, चैत ११ः आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर कटारी घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने २१ वर्षीय भक्त बहादुर थापा रहेका छन् ।

उनलाई आफ्नै श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा) को हत्या गरेको अभियोगमा बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडा हुँदा भक्तले धारिलो हतियार ‘दाउ’ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर पछि महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको बताइएको छ ।

घाइतेलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.