आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

| 2021 Dec 17 | 03:23 pm 1501

स्याङजा, पुस २ः आफ्नै श्रीमती ४५ वर्षीया कोपीला थापाको कुटपिट गरी हत्या गरेको अभियोगमा भिरकोट नगरपालिका-६ फोक्सिङ बस्ने ५० वर्षीय डबल वहादुर थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

डबल बहादुरले कुटपिट गर्दा कोपीला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दहथुम र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र वालिङ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्कुटर चोरीमा संलग्न १ जना पक्राउ

मोरङ, विराटनगर महानगरपालिका-१२ पटुवारी टोलमा पार्किङ गरी राखेको को.२९ प ६६०० नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय गणेश कुमार रामलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित उनलाई पक्राउ गरेको हो ।

उनी उपर मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५  दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.