आफ्नै दुई छोरीको शौचालयमा डुबाएर हत्या गरी अामा फरार

| 2018 Aug 16 | 06:56 pm 4155

ताप्लेजुङ, साउन ३१ : पछिल्लो समय हाम्रो समाजमा विभिन्न आपराधिक घटनाहरूले तीव्रता लिएको छ । केही साता अघि मात्रै आफ्नै बुबा, हजुरआमा र सौतेनी आमा मिलेर छोरीलाई मट्टितेल खन्याएर जलाएको समाचार आएको थियो । साथै एक युवतीलाई बलात्कार गरी हत्या गरिएको समाचार पनि आएको थियो ।

त्यसका साथै केही दिन अघि मात्रै पनि ११ वर्षीय निशान खड्काको अपहरण पछि हत्या र ती हत्यारालाई प्रहरीले गरेको इन्काउन्टरको समाचार राम्ररी नसेलाउँदै अर्को एक निर्दयी आमाको समाचार पनि सार्वजनिक भएको छ ।

यो घटना ताप्लेजुङको पाथीभरा याङबरक वडा नम्बर २ को हो । जहाँ आफ्नै निर्दयी आमाले दुई छोरीको निर्मम हत्या गरेकी छन् । कमला नामकी ती निर्दयी आमाले आफ्नो दुवै छोरीलाई शौचालयभित्रको दिशामा डुबाइएर हत्या गरेकी हुन् ।

कमलाकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको हो तर अर्की छोरीको शव भने शौचालयको सेफ्टी ट्यांकीमा फेला पारिएको हो । अहिले कमला भने फरार रहेकी छन् ।

कमला एक वर्षदेखि आफ्ननो जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाको बिहे भने इलामका एक जना ड्राइभरसँग भएको थियो । तर कमला भने आफ्नो माइतमै बस्दै आएकी थिइन् ।

ती कमलाकी आमाले बताए अनुसार दुवै छोरीलाई लिएर उनी घरबाट बाहिर निस्केकी थिइन् । कच्ची शौचालयको सेफ्टी ट्याङ्कीभित्र बच्चा रोएपछि उनीहरूले छिमेकीलाई गुहार गरेका थिए । त्यहाँका स्थानीयले सो शौचालयबाट एक बच्चीलाई जीवितै मलमूत्रले लत्पतिएको अवस्थामा उद्धार गरेका थिए । उपचारको त्रफममा उनको मृत्यु भएको हो । अहिले प्रहरीले कमलाको खोजी गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.