आफ्नै गाउँमा कुटिए राष्ट्रियसभा सदस्य पासमान

| 2018 Nov 16 | 07:11 pm 2333

सर्लाही, कार्तिक ३० : राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि आज उनकै गाउँमा कुटपिट भएको छ ।

कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो । उनी सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उनले बताए ।

उनको शरीरमा चोट लागेको बताइएको छ । राष्ट्रियसभा सदस्य पासमानमाथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ ।

सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

यस्तै सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.