धनकुटा, फागुन १९ : नेपाली सेनामा कार्यरत एक जवानको गोली लागेर मृत्यु भएको छ । आफैंले बोकेको हतियारको गोलीबाट धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाको जङ्गी अड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकालका अनुसार उनले बोकेको एम १६ राइफलको गोली लागेर उनी गए राति गम्भीर घाइते भएका थिए ।
उपचारका लागि उनलाई जिल्ला अस्पताल, धनकुटा लगिए पनि राति नै मृत्यु भएको थियो । गणको डियूटीमा रहेका जोशीले आफैंलाई किन गोली हाने भन्ने विषयमा छानबिन भइरहेको ढकाल बताउँछन् । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।