आफूले भनेको मूल्यमा जग्गा बिक्री नगर्दा कपडा च्यात्दै महिला कुटपिट गर्नेलाई ६ महिना कैद

| 2018 Jun 28 | 03:58 pm 4144

दाङ, असार १४ : सार्वजनिक स्थलमा एक महिलालाई निर्वस्त्र पारी कुटपिट गर्ने दुई महिलालाई ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको छ । जिल्ला प्रशासन कार्यालय दाङले राप्ती गाउँपालिका-१ भालुबाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई बुधबार उक्त सजायको तोकेको हो ।

रेखा र अनिताले आफूले भनेको मूल्यमा जग्गा बिक्री गर्न नमानेको भन्दै सितगंगा नगरपालिका-९ ठाडोखोला अर्घाखाँचीकी ३९ वर्षीया दिलमाया पुनलाई गत जेठ २५ गते भालुबाङमा कपडा च्यात्दै कुटपिट गरेका थिए ।

जनही ७ हजार ८ सय २० रुपयाँ उपचार खर्च भराउने आदेश पनि भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

घटना भएको दिन प्रहरीले सामान्य झैझगडा भन्दै मिलापत्र गराई छोडे पनि अपमानजनक तरिकाले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले गु्प्ताद्वयलाई जेठ २७ गते पक्राउ गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.