आफूले उत्पादन गरेको गोलभेँडा बेच्न २ घण्टा पैदल

रिपोर्ट नेपाल | 2020 Jul 11 | 08:19 am 2313

हुम्ला, असार २७ः हिमाली जिल्ला हुम्लाका किसान आफूले उत्पादन गरेको गोलभेँडा बेच्न २ घण्टा पैदल हिँड्छन् । बारीमा उत्पादन भएको गोलभेँडा बजारसम्म पुर्‍याउन किसान पिठ्यूँमा भारी बोकेर २ घण्टा हिँड्ने गरेका छन् ।

खार्पुनाथ गाउँपालिका ४ का बासिन्दा जोइजाली शाही दुई घण्टा पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेर गोलभेँडा बिक्री गर्छन् । उनी भन्छिन् ‘प्रतिकेजी २ सय ५० रुपैयाँमा १० केजी गोलभेँडा बिक्री भयो ।’

उनी मात्र होइन, गाउँका अन्य ५ जनाले शुक्रबार बिहानै घरबाट गोलभेँडा लगायतका तरकारी बोकेर सिमकोट हिँडेका छन् । बर्खे मौसममा स्थानीय उत्पादनले नै बजारको माग धान्दै आएको किसान बताउँछन् ।

गाउँबाट गोलभेँडा आउन थालेपछि अहिले सिमकोटमा नेपालगञ्जबाट आउन छोडेको व्यवसायीको भनाइ छ । हवाई मार्गबाट आउनेभन्दा जिल्लाकै ग्रामीण भेगमा उत्पादन भएको गोलभेँडा र तरकारी सस्तो पनि पर्ने गरेको व्यवसायी बताउँछन् । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.