आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जान्छ : सुजाता कोइराला

रिपोर्ट नेपाल | 2020 Jan 03 | 03:25 pm 1465

रूपन्देही, पुस १८ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकी छन् ।

प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिन् ।

केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोप समेत लगाइन् । ‘पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा कांग्रेस शून्यमा झर्छ’, उनले भनिन्, ‘पार्टीभित्र यस्तै किचलो रहिरहे आफू यो पार्टीमा भोट हाल्नलाई हात काँप्ने छ ।’

कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनु पर्ने उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.