आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

| 2023 Aug 22 | 01:56 pm 1757

नवलपरासी, भदाै ५ ।   जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजनामा रामग्राम नगरपालिका  स्थित रहेको परासी क्याम्पसमा  बिद्यार्थीहरुलाई आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।

क्याम्पसका प्रमुख सुमन गोपाल आचार्यको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक काजी कुमार आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी प्रमुख आचार्यले नवलपरासीमा पछिल्लो समयमा आत्महत्याको घटना घट्दै गएको बताउदै उक्त घटनालाई प्रहरीले निरुसाहित गर्नको निम्ती सामाज र बिद्यालय तथा क्याम्पसमा जनचेतना फैलाउने कार्यलाई निरन्तरता दिने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवपरासीका प्रहरी नायब उपरीक्षक एव सुचना अधिकारी भोजराज पाण्डेयले बिद्यार्थीहरुलाई आत्महत्या भनेको के हो ? आत्महत्याबाट बच्न के कस्तो  उपायहरु अबलम्बन गर्ने, न्यूनिकरण गर्नको लागि व्यक्तिगत तथा सामूहिक रुपमा र संस्थागत रुपमा अपनाउनु पर्ने सावधानी लगायतको बिषयमा प्रस्तुतिकरण मार्फत प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा क्याम्पस प्रमुख सुमन गोपाल आचार्यले सबैले सकारात्मक बिचारका साथ आगडी बढनु पर्ने भन्दै यसले पनि आत्माहत्याको घटनामा  कमी आउने कुरा बताउनु भएको थियो ।

आत्महत्या सम्बन्धी सचेतनामूलक  कार्यक्रममा लिटिल एन्जल हाईस्कूल कक्षा ११, १२ र परासी क्याम्पस बिबिएस प्रथम बर्षमा अध्यनरत अन्दाजी २०० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालयका प्रनानि  मदन बस्यालले गर्नु भएको थियो  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.