आत्महत्या नियुनीकरण गर्न लहानमा अन्तरक्रिया

| 2021 Sep 11 | 09:22 am 1793

  • महेश सिंह

सिरहा, भदौ २६ः आत्महत्या रोकथामको लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। महिला मानव अधिकारको संयोजक रेनु कर्णकी अध्यक्षतामा सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि ईलाका प्रसारण कार्यालय लहानका प्रमुख कृष्ण बहादुर खड्का रहका थिए।

No description available.

कार्यक्रममा लहान नगरपालीकाको स्वास्थ्य साखाको प्रमुख राम सुन्द यादवका अनुसार कुनै एक जनाबाट यस्तो घटना रोक्ने वाला छैन यो घटनालाई समाज नै यसको उन्मुलन गर्न लाग्नु पर्ने उनले स्वागत मन्तव्यमा बताए। उक्त कार्यक्रम लहान नगरपालीकाले आयोजना गरेको थियो।

महिला अधिकारकर्मि तथा मुक्ति नेपालका संस्थापक श्याम कुमारी साहकी अनुसार आत्महत्याको जुन मानवमा सोच उत्पादन हुने गरेको छ हामी संगै परिक्षण र अभियानको रूपमा लाग्नु पर्ने बताइन् ।

अर्का अतिथि ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डा तपन दाहालका अनुसार गरिब र अशिक्षाका कारण पनि हो र सचेतनाको कुराहरुमा ध्यान दियो भने उन्मुलन हुने उनले बताए ।

No description available.

डा महेन्द्र चौधरीका अनुसार समाजमा गतिशिलताको कुरामा ध्यान गर्नु र खास गरेर समाजमा असमानताले गर्दा आत्महत्या हुने गरेका छन् । मनोसामाजिक शिक्षा सुरु गर्दा स्कुलहरुमा अभियान चलाउनु जरुरी नै रहेको बताए ।

उप मेयर सरियार चौधरीका अनुसार महिलाले जन्मै देखि अधिकार नै नपाएको बताइन ।

शस्त्र प्रहरीका लहान प्रमुख शुशिल श्रेष्ठका अनुसार हाम्रो समाज अध्यात्मिकको समाज हो । समाजमा बिचल्लीतका घटनाहरु घटने गरेका छन् ।

No description available.

बिश्वमा आत्महत्या गर्ने देशहरू मध्ये नेपाल १५ औं स्थानमा रहेको छ। नेपालमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्यंकमा रहेको छ।

त्यस मध्ये आबेगमा आएर ५ प्रतिशत ब्यक्तिले आत्महत्या गर्ने गरेका छन्। सिरहामा दोस्रो लकडाउनमा ३८ जना ब्यक्तिले आत्महत्या गरेका छन् ।

गरिब,अशिक्षा लगायतका तनावले ब्यक्तिले आत्महत्या गर्ने गरेको आयोजकले जानकारी दिएको छ। उक्त कार्यक्रमको संचालन रेडियोकर्मि तथा मानव अधिकारकर्मि राम भरोसी महतोले गरेका थिए।

No description available.

कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मि, विद्यार्थी समाजसेवी, बुद्धिजीबी लगायत सयौं सरोकार बला ब्यक्तिहरुको सहभागीता रहेको अधिकारकर्मि अनिता चौधरीले जानकारी दिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.