आजदेखि बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिता

| 2022 Dec 11 | 01:29 pm 1985

बैतडी,  मङ्सिर  २५ः बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता छ ।

ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताका विजेताले  रु. एक लाख २५ हजार र ट्रफी तथा  उपविजेताले रु. ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए ।

“खेलाडी उत्पादन गर्न तथा उनीहरुको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता  आयोजना गर्दैआएका छौँ”, उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.