आजदेखि नयाँ बानेश्वर प्रहरी टोल टोलमा के गर्ला ?

रिपोर्ट नेपाल | 2018 Jul 17 | 07:00 am 8417

काठमाडौं, साउन १ : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो कार्यभार संहालेपछि अवको प्रहरी नागरिक मैत्री हुनुपर्ने बताएका थिए ।

महानिरीक्षक खनालले अपराध घटीसकेपछि नागरिक प्रहरीको कार्यालयमा आउने प्रवृतीलाई परिमार्जन गरी अव अपराध रहित समाज बनाउनको लागि प्रहरी टोल टोलमा पुग्नु पर्ने बताएका थिए ।

उनको त्यही अवधारणा अनुरुप प्रहरी अहिले विभिन्न किसिमका चेतनामूलक कार्यक्रम लिएर टोल टोलमा पुगेको छ । महानिरीक्षक खनालको मार्ग निर्देशन बमोजिम गत शनिबार महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले विशाल प्रभातफेरी गरी आफ्ना तीन महिने कार्य योजना सार्वजनिक गरेको छ ।

वृतका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले नागरिकलाई सँगसँगै लिएर हिड्नका लागि कार्य योजना ल्याइएको बताए । कार्ययोजनाका साथै प्रहरीले टोल टोलमा गएर नागरिकलाई सचेतना दिने काम पनि गर्ने भएको छ । यसका साथै टोल टोलमा प्रहरी कार्यक्रमको पृष्ठभूमि पनि यस प्रकारको सार्वजनिक गरिएको छ ।

टोल टोलमा प्रहरी कार्यक्रमको पृष्ठभूमि :
समुदायको सुरक्षाको आधार स्थानीय जनता नै हुन् भन्ने तथ्यलाई मनन् गर्दै समुदाय र प्रहरीबीच बलियो साझेदारी बनाई समन्वय तथा सहकार्यमा अपराध तथा अपराधजन्य समस्याको पहिचान र समाधानको माध्यमबाट अपराध रोकथाम गर्ने उद्देश्यले सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरुप नागरिक मैत्री प्रहरीको रुपमा छबि विस्तारमा तिब्रता दिन, प्रत्येक जनताको घरदैलोमा प्रहरी कर्मचारी पुगी सुरक्षा सरोकारका विषयमा जनतालाई सुसूचित गराउन तथा वस्तुगत परिस्थितिको जानकारी लिने पद्दतिको विकास गर्नको लागि गृह प्रशासन सुधार कार्ययोजना –२०७४ को बुँदा नं. ३७ को उद्देश्य प्राप्ति गर्ने यस कार्यक्रमको लक्ष्य रहेको छ ।

कार्यक्रमको उद्देश्य :

  •  नागरिकको घरदैलोमा प्रहरी प्रत्यक्ष उपस्थित भई जानकारी लिने र दिने साथै स्थानीय समुदायमा सुरक्षा सचेतना अभिवृद्धि गर्ने ।
  • सुरक्षा सरोकार विषयमा समन्वय र सहकार्य अभिवृद्धि गर्ने ।
  •  स्थानी समुदायलाई सुरक्षा सरोकारका विषयमा सहभागी गराउने ।
  •  शान्ति सुरक्षा, अपराध रोकथाम र अनुसन्धान लगाएतका प्रहरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउने ।
  •  नागरिक मैत्री प्रहरीको रुपमा नेपाल प्रहरीको छबि विस्तार गर्ने ।

टोल टोलमा परिचालित सामुदायिक प्रहरीको काम, कर्तव्य :

  •  प्रत्येक बर्ष कम्तीमा दुई पटक हरेक नागरिकको घरदैलोमा पुगी सुरक्षा सतर्कता तथा सचेतना बढाउन पर्चा, पम्पेलेट, वितरण एवम् छलफल गर्ने, सामुदायिक सुरक्षा र सचेतना, अपराध रोकथाम, प्रहरी सेवा र सम्पर्क नम्बर सहितको जानकारी प्रवाह गर्ने तथा वस्तुगत परिस्थितिको जानकारी एवम् नागरिकका गुनासा तथा राय सुझाव लिने ।
  • नागरिक र स्थानीय प्रहरीबीच सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
  •  सुरक्षाका साधनहरु जस्तै : सडकबत्ती CCTV, Security, Smoke Detector, Fire Extinguisher आदि जडान गरी प्रयोग गर्न प्रेरित गर्ने ।
  •  बार्षिक क्यालेण्डर बमोजिमका Police Public Hand in Hand (P2H2), प्रहरी मेरो साथी, सडक सुरक्षा सम्बन्धी कार्यक्रम, सामाजिक उत्तरदायित्वका कार्यक्रम र विद्यालय सुरक्षा सचेतना सम्बन्धी कार्यक्रमहरु टोल टोलमा प्रहरी अभियान कार्यक्रम अन्तर्गत सञ्चालन गर्ने ।
  •  जनचेतनामूलक कार्यक्रमहरु : स्कुल सम्पर्क, सडक दुर्घटना तथा ट्राफिक नियम, घरेलु तथा लैङ्गिक हिंसा, मानव बेचविखान तथा ओसारपसार, धुम्रपान तथा मद्यपान, अवैध मदिरा उत्पादन तथा विक्रि वितरण, लागु औषध, साइबर अपराध, जुवातास, म्याच फिक्सिङ, सौदाबाजी, बालविवाह, छाउपडी, बाढी, पहिरो, आगलागी, प्रकोप पूर्व सतर्कता, सार्वजनिक अपराध आदि सञ्चालन गर्ने ।
  •  सरकारी कार्यालय, स्थानीय तह, नागरिक समाज, विद्यालय, क्याम्पस, संघसंस्था, व्यापारी, व्यवसायी, सेवाग्राही, स्थानीय वासिन्दा, स्वयंसेवक लगाएतका विभिन्न समूहसँग समन्वय र सहकार्य गर्ने ।
  •  दुर्घटना तथा प्रकोप उद्धार तथा व्यवस्थापनमा सहयोग गर्ने ।
  •  महिला, बालबालिका, जेष्ठ नागरिक र पिछडिएका वर्गहरुलाई सहयोग गर्ने र सहयोगका लागि स्थानीय नागरिकलाई प्रेरित गर्ने ।
  •  मानव अधिकार संरक्षण तथा संबद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने ।
  •  मेलापर्वमा सूचना तथा सेवा केन्द्र स्थापना गर्न समन्वय गर्ने ।
  •  अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्ने ।

स्थान विशेषको आवश्यकता अनुसार अन्य विविध जनचेतानामूलक एवम् सुरक्षा सचेतनाका कार्यहरु गर्ने ।

कुन  काम , कहिले , कहाँ  र  कसले गर्ने :

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.