आज २९७औं पृथ्वी जयन्ती, विविध कार्यक्रमका साथ मनाइँदै

रिपोर्ट नेपाल | 2020 Jan 12 | 07:29 am 1866

काठमाडौं, पुस २७ः आज राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रको रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो ।

तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएको थियो । तर पनि ७४ सालदेखि पुनः मनाउन थालिएको हो ।

आज देशैभरि पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिँदै छ । विगतमा सरकारले पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा हाल सरकारले कटौती गरेको छ । तर केही प्रदेश र स्थानीय तहले भने आज सार्वजनिक बिदा समेत दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.