काठमाडौं, चैत्र २५ : सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन तोलामा २ सय ले बढेको छ । आइतबार तोलाको ५९ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज बढेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुन भने प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।