आज सार्वजनिक विदा

| 2019 Feb 15 | 07:24 am 1929

काठमाडौं, फागुन ३ : प्रदेश नम्बर ५ सरकारले आफ्नो स्थापना दिवस मनाउने भएको छ। प्रदेश स्थापना दिवसको अवसर पारेर विभिन्‍न रचनात्मक कार्यक्रम गरी मनाउन लागेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार स्थापना दिवसको अवसरमा फागुन २ देखि ४ गतेसम्म विभिन्‍न कार्यक्रम गरी मनाउने भएकाे हो ।

प्रदेश ५ सरकारको माग १५ गते बसेको बैठकले फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णयसमेत गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.