आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने

| 2023 Jul 08 | 09:03 am 997

काठमाडौँ, असार २३। नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

(नेपाल समाचारपत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.