आज मौद्रिक नीति आउँदै

रिपोर्ट नेपाल | 2020 Jul 17 | 08:41 am 1779

काठमाडौं, साउन २ः नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७७/७८ का निम्ति मौद्रिक नीति हुने भएको छ । केहीबेरमा बस्ने नेपाल राष्ट्र बैंक संचालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई पारित गरेसँगै दिउँसो एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

गभर्नर अधिकारीको यो पहिलो मौद्रिक नीति हो । कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्र शिथिल बन्दै गएको शिथिल बन्दै गएको अवस्थामा देशको अर्थतन्त्रलाई मार्ग निर्देशित गर्नका निम्ति यसपटकको मौद्रिक नीतिलाई थप महत्वकासाथ हेरिएको छ ।

वित्तीय स्थायित्व एवं वित्तीय सु–शासनका निम्ति मौद्रिक नीतिले भूमिका खोल्नुपर्नेमा सरोकारवालाहरूको जोड छ ।

लकडाउनका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई सम्बोधन गर्नुपर्ने र धराशायी बन्दै गएको व्यवसाय पुनर्जीवित गर्नका निम्ति नेपाल राष्ट्र बैंकले सहुलियत योजना ल्याउनुपर्ने निजी क्षेत्रको भनाइ छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको पूजी बृद्धि र मर्जरका विषयमा समेत यसपटकको मौद्रिक नीतिले ठोस निर्णय लिने अपेक्षा गरिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.