आज काठमाडौं महानगरको सेवा प्रवाह बन्द रहने

| 2022 Dec 15 | 08:42 am 2213

काठमाडौं, मंसिर २९ः काठमाडौं महानगरपालिकाको सेवा प्रवाह आज बिहीबार बन्द रहने भएको छ । आज महानगरको २८औँ दिवस मनाइने भएपछि केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सेवा बन्द रहने सार्वजनिक सूचनामार्फत जनाइएको छ ।

महानगरको प्रशासन विभागका अनुसार काठमाडौं महानगर, मातहतका सबै विभाग, आयोजना, कार्यक्रम,  वडा कार्यालय र एकाइबाट प्रवाह हुने सेवा आज बन्द हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.