आज कांग्रेस संसदीय दलको बैठक बस्दै

| 2018 Jul 04 | 07:50 am 3536

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज (बुधबार) संसदीय दलको बैठक बस्ने भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज १० बजेका लागि बैठक बोलाइएको नेपाली कांग्रेसबाट प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए।

कम्युनिस्ट अधिनायकवादविरुद्ध संसदमा आवाज उठाउने विषयमा छलफल गर्ने बैठक बोलाइएको प्रवक्ता शर्माले जानकारी दिए।

पछिल्लो समयमा कम्युनिस्ट सरकारले मनपरी ढंगले विधेयक ल्याउने तयारी गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यस विषयमा धारणा बनाउन बैठक बोलाइएको नेपाली कांग्रेसबाट सासंद बनेका मिन विश्‍वकर्माले बताए।

संविधान बमोजिक मौलिक हकसम्बन्धि नयाँ विधेयक ल्याउने प्रकृया अघि बढीरहेकोबेला सरकारले अनावश्यक हस्‍तेक्षप गरी जनताको हकहित विपरित अधिनायकवादलार्इ मलजल गर्ने गरी विधेयकको मस्यौदा तयार पारेकोमा आपत्ति जनाउँदै अब कांग्रेस चुप लागेर नबस्ने विश्वकर्माले बताए।

उनले भने, ‘भोलिको बैठकबाट यस्ता मनपरीतन्त्रका विरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा आधिकारिक धारणा तय गरिने छ।’

कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिस्थापन गर्ने नाममा मेडिकल माफियालार्इ सहयोग पुग्ने गरी विधेयक ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.