आचरसंहिता पालना गरी सभ्य सञ्जाल बनाउन आग्रह

रिपोर्ट नेपाल | 2018 Jun 22 | 09:10 pm 3459

काठमाडौं असार ८: अहिले विश्वमा चर्चामा रहेको सामाजिक सञ्जाल अर्थात फेसबुक, ट्वीटर मार्फत जथाभावी अशिष्ट र भ्रामक सामग्री पोष्ट नगर्न सञ्चारकर्मीलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।

सहप्रशासकीय अधिकृत दीपक खनालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिनदेखि काउन्सिल नै खारेज गर्नुपर्ने, आगो लगाउनुपर्ने, काउन्सिलका पदाधिकारी तथा कर्मचारीहरूलाई मार्नेजस्ता धम्कीसहित काउन्सिलले जारी गरिरहेका आचारसंहिता अनुगमनसम्बन्धी विषयमा फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमार्फत अत्यन्तै अशिष्ट र भ्रामक सामग्री पोष्ट भइरहेको पाइएकाले त्यस्तो नगर्न सवै सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालहरूमा कुनै सामग्री पोष्ट, कमेन्ट, ट्याग र शेयर गर्दा सावधानी अपनाउन समेत आग्रह गरिएको छ ।

अशिष्ट, असभ्य भाषामा कुनै व्यक्ति, संघ–संस्थाबारे आधार, प्रमाणबिनाका तथ्यहीन सामग्री पोष्ट गर्दा बिद्युतीय कारोबार ऐन–२०६३ आकर्षित भई सोहीअनुसार कारबाही हुने व्यवस्था रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा जथाभावी पोष्ट नगर्न सञ्चारकर्मीलाई भनेको छ ।

सामाजिक सञ्जालबाट जथाभावी पोष्ट गर्दा विदेशमा रहेका नेपालीहरू स्वदेश फिर्ता ९डिपोर्ट० हुनसक्ने तथा स्वदेशमा रहेका नेपालीलाई हिरासतमा राखी अनुसन्धान गर्न सकिने सरकारी प्रावधान रहेकाले सो कुरालाई ध्यानमा राख्न प्रेस काउन्सिलले सञ्चारकर्मीलगायत सबैमा अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.