आगाेले जलेर पाल्पामा एक पुरुषको मृत्यु

रिपोर्ट नेपाल | 2022 Mar 16 | 01:06 pm 1241

पाल्पा, चैत २ः आगलागीमा परी पाल्पामा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलाका ५९ वर्षीय हरिबहादुर कुमाल रहेका छन् । उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा आगलागी भएपछि उनको जलेर मृत्यु भएको बताइएकाे छ ।

टिनको छाना भएको आफ्नै ३ तले घरको दोस्रो तलामा सुतिरहेका उनी आगलागीमा परेका हुन् । उनका श्रीमती, छोरा र छोरीहरू अर्को गोठसहितको (नाले) घरमा सुतेका थिए ।

मृतकका २ छोराहरु बुटवल बस्दै आएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभौयाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.