आगलागीमा परी एकै परिवारका तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 23 | 09:30 am 3320

बैतडी, जेठ ९: गए राति बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोटस्थित टहराेमा आगलागी हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

कुवाकोटका अन्दाजी ५० वर्षीय करे लुहार उनकै ४५ वर्षीया उनकै श्रीमती बिन्द्रा र ८ वर्षीय छोरा मजोजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार राति पुर्चाैडी नगरपालिका–७ गिरीजाबगर बसपार्क छेउमा टहरो बनाएर बस्दै आएका उनीहरुको टहरोमा आगलागी हुँदा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नेत्रमणी गिरीले जानकारी दिए ।

उक्त आगलागीको जानकारी पाएपछि स्थानीय र पुरघाट प्रहरीचौकीबाट प्रहरी टोलीले आगो नियन्त्रणमा लिएकाे  थियाे। मृत्यु भएका तीन जनाको शव पोष्टमार्टमको लागि प्राथमिक उपचार केन्द्र पाटन ल्याउँदै छ भने घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.