आगलागीमा परी एक बालककाे मृत्यु

रिपोर्ट नेपाल | 2022 Mar 09 | 01:11 pm 1177

बर्दिया, फागुन २५ः गएराति जिल्लाकाे बारबर्दिया नगरपालिका–९ खैरैनीमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय दिनेश चौधरी रहेका छन् ।

टिनले छाएको घरमा आगलागी हुँदा घर भित्र सुतिरहेका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । आगलागी भएको समयमा १४ वर्षीय चौधरी घरमा एक्लै सुतिरहेका र आगलागी भएको थाहा नभएकाले उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

प्रहरी चौकी कतर्नियाघाट र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले टोलीले आगो नियन्त्रणमा लिएको थियो । चौधरीको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरियामा राखिएको डिएसपी शाहीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.