आगलागीबाट लाखौंको क्षती

रिपोर्ट नेपाल | 2020 Dec 29 | 08:41 am 2065

सर्लाही, पुस १४ः जिल्लाको पर्सा गाउँपालिका ३ का बिरेन्द्र पण्डितको पक्की घरमा भाडा लिई बस्ने दयाराम साहले कपडा सिलाउने टेलर पसल गर्दै आएको पसलमा अचानक विद्युत सट भई आगलागी भएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी नारायणपुरबाट प्रहरी सहायक निरीक्षक रामनाथ यादवको कमाण्डमा ३ जनाको टोली खटि गई बुझ्दा पसलमा रहेको कपडा, ४ वटा सिलाई मेसिन, टिभि १ थान, काठको दराज समेत जली २ लाख ५० हजार बराबरको क्षेती भएको प्रहरीले जानकारी दिएको हो ।

त्यसैगरी लालबन्दी नगरपालिका १ गोरुबजार स्थित रहेको राजेन्द्र कुमार सिंहको किराना पसलमा भएको कोठमा पुजा गर्न बनाएको सानो मन्दिरमा बालेको बत्तीको तार सर्त भई आगलागी हुदा किराना सामानहरु पूर्ण रुपमा जली नष्ट भएको छ ।

प्रहरीका अनुसार करिब १० लाख बराबरको क्षती भएको अनुमान गरिएको छ । उक्त आगो स्थानीय र प्रहरीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.