आगलागीबाट गुल्मीमा एक घर जलेर नष्ट

रिपोर्ट नेपाल | 2019 Mar 17 | 07:07 pm 1705

गुल्मी, चैत ३ : जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर–१ मा आइतबार बिहान आगलागी हँुदा घर जलेर नष्ट भएको छ । सुन्तली परियारको कच्ची घर जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खड्काका अनुसार आईतबार बिहान भैसीलाई कुँडो पकाउनका लागि आगो सल्काएर अन्य घरयासी काम गर्न लाग्दा आगो अनियन्त्रीत भएर घर जलेको जानकारी दिए ।

खड्काका अनुसार घर जलेर पुर्ण रुपमा नष्ट भएको बताए । आगलागी बाट करिब ४ लाख ५० हजार रुपैयाँ जति क्षती भएको जानकारी दिए । आगलागीमा कुनै मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.