आगलागी हुँदा लाखौंको क्षति

रिपोर्ट नेपाल | 2020 Nov 05 | 01:53 pm 2835

सर्लाही, कात्तिक २०ः विद्युत सर्ट भई आगलागी हुँदा बरहथवा नगरपालिका ११ दियर टोल बस्ने शंकर रायको धान, गहुँ र मसाला पिसने मेसिनमा तथा अन्य समानहरु जलेर नष्ट भएको छ ।

उक्त आगलागीमा प्रहरी नायब निरीक्षक दिपेन्द्र मल्लको कमाण्डमा टोली खटिगई प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रण गरिएको प्रहरीले जानकारी दिएको हो ।

आगलागीबाट ४ लाख ६५ हजार बराबरको क्षेती भएको तथा उक्त आगलागीमा मानविय र चौपाया कुनै पन िक्षेति नभएको बताइएको छ ।

आगोमा परी धान, गहुँ र मसाला पिस्ने मेसिन, मेसिन चलाउने मटर, रथ, नगद ५ हजार, लताकपडा र भाडा जलेर क्षेति भएकोछ ।

त्यसैगरी बिष्णु गाउँपालिका १ बेल्वा बस्ने दिपक सिंहको घरमा रहेको खाजा पसलमा अचानक आगलागी भएको छ ।

उक्त खबर प्राप्त हुनसाथ प्रहरी चौकी बाराउधोरणबाट प्रहरी सहायक निरीक्षक मुन्ना पासवानको कमाण्डमा प्रहरी टोली खटी आगो नियन्त्रणमा लिएको छ ।

उक्त आगोलागीबाट घर, फ्रिज थान १, चिसो, सिमेन्ट १० बोरा, प्लाष्टिकको कुर्सी १५ थान, प्लाष्टिकको टेबल ५
थान, खाट १ थान र भाडा बर्तन समेत गरी करिब १,् लाख ६२ हजार बराबरको सर सामान जली नष्ट भएको छ ।

आगो नेपाल प्रहरी र स्थानीय बासीको सहयोगमा नियन्त्रणमा लिएको जानकारी दिएको छ । आगलागीको कारण नखुलेको (प्रबक्ता) सुचना अधिकृत प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.