आईजीले गोर्खा लखेटेका हवल्दार वीरगञ्जको घुमुवा

| 2020 Nov 12 | 03:06 pm 2810

पर्सा, कात्तिक २७ः प्रहरी महानिरीक्षक शैलेस थापाले लखेटेका हवल्दार सुरेन्द्र साह कसको कृपाले पर्सा आएर घुमुवा बने भन्ने कुरा वीरञ्जमा चर्चा चल्ने गरेको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार ३ नम्बर प्रदेश कार्यलयका डिआईजी बसन्त लामाले मकवानपुरको पशुपतिनगर रातोमाटे चेकपोष्टमा राखेका हवल्दार सुरेन्द्र साहको विषयमा केन्द्रीय उजुरी छानबिन शाखामा उजुरी परेपछि महानिरीक्ष थापाले साहलाई गोर्खा लखेटेका थिए ।

सेवामा प्रवेश गरेपछि युनिफर्म नलगाएका साहको दर्जा जति सानो छ उनको रवाफ भने उच्च अधिकृतको भन्दा कम छैन । गोर्खा २५ दिन मात्रै बसेर वीरगञ्ज फर्किएका साह आएको हप्ता दिन नपुग्दै कसले घुमुवा बनायो रहस्यको विषय भएको छ ।

रातोमाटेमा बस्दा सुन देखि ल्यापटप समाएर गायब बनाएको चर्चा चल्ने हवल्दार साह तीनलाख खर्च गरेर काज गराएको गर्वका साथ बताउने गरेको समाचार स्रोत बताउछ ।

पर्सामा एसपी गंगा पन्तले राखेका सबै घुमुवालाई २ नम्बर प्रदेश कार्यालयले तानेको समयमा हवल्दार साहलाई  कसको आशिर्वादबाट घुमुवा बनाईयो खोजीको विषय भएको छ ।

एसपी गंगा पन्त र डिएसपी मानोजित कुँवरबीच सम्बन्ध चिसो भइरहेका बेला साहलाई पन्तले नै घुमुवा राखेकाे अनुमान गरिएकाे छ । आफ्ना घुमुवालाई प्रदेशले तानिदिएपछि घुमुवाका कमाण्डर प्रकाश राउतको ठाडँमा मित्रबहादुर राईलाई ल्याएको छ ।

असई राईको दरबन्दी प्रहरी चौकी पंचमी पाँचथरमा भएपनि वीरगञ्ज जस्तो मालदार ठाउँको घुमुवा बन्न सफल भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.