आईजीपीलाई गृहमन्त्रीको प्रश्न- बलात्कार न्यूनीकरणको योजना खोई ?

| 2018 Aug 30 | 07:53 pm 3727

काठमाडौं, भदाै १४ : गृहमन्त्री रामबहादुर थापा‘बादल’ले महिला हिंसा र बलात्कारका घटना न्यूनीकरण गर्न तत्काल विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बिहीबार गृहमन्त्रालयमा बोलाएर मन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनामा आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणित कार्य रोक्न विशेष योजना बनाउन निर्देशन दिएका हुन् ।

बलत्कारका घटना न्यूनीकरणका लागि देशव्यापीरुपमा अभिभावकदेखि बालबालिकासम्ममाझ सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहले ठहर गरेको छ ।

गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीँकतै त्यस्तो भएको भए उनीहरुलाई समेत कारवाही गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिए ।

गृहसचिव प्रेमकुमार राईसमेत सहभागी त्यस छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको सत्य बाहिर ल्याउन गठित छानविन समितिलाई सहयोग पुग्ने गरी सबैपक्षले काम गर्नुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.