आईजीपी बसन्त कुँवरले नेपाली क्रिकेट टिमलाई दिए बधाई

| 2023 May 02 | 02:23 pm 1753

काठमाडौँ, बैशाख १९ः प्रहरी महानिरीक्षक बसन्त कुँवरले नेपाली क्रिकेट टिमलाई एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेकोमा बधाई दिएका छन् ।

सामाजिक सञ्जाल मार्फत आईजीपी कुँवरले बधाई दिएका हुन् । उनले भनेका छन्– ‘नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’

कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चिर प्रतिद्वन्द्वी युएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको छ । सो जितसँगै यस्रै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले स्थान पक्का गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.