आइतबार केही खुलेको मैसम आजदेखि फेरि बदली

रिपोर्ट नेपाल | 2019 Feb 11 | 04:04 pm 1747

काठमाडौँ, माघ २८ : लगातार तीन दिनदेखिको वर्षा र हिमपात रोकिएर आइतबार केही खुलेको मैसम आजदेखि फेरि बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली भएकाे हाे ।

आज विशेषगरी पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

यसैबीच भोलि (मंगलबार) बाट अझ वर्षा गराउने खालको नयाँ प्रणाली भित्रिँदैछ । ‘भोलिदेखि नयाँ खालको प्रणाली भित्रिने सम्भावना देखिएको र यो अहिलेको भन्दा शक्तिशाली रहेको मौसमविदहरुको भनाई छ । यसले अलि ठूलो वर्षा गराउनेछ ।

बिहीबारदेखि लगातारको वर्षा र हिमपात रोकिएर आइतबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघिको पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बिदा भई कमजोर प्रणाली भित्रिएपछि मौसममा सुधार आएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.