आइजीपीको निर्देशन डिआइजी राणाद्वारा उलंघन

रिपोर्ट नेपाल | 2023 Jun 14 | 01:47 pm 4101

हेटौडा, जेठ ३० । नेपाल प्रहरीमा कडा र निडर स्वभावकी मानिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले मधु थापा जस्ता विवादीत प्रहरी उपरीक्षकलाई घुमुवाको कमाण्डर बनाएर आज सम्म कमाएको छविलाई समाप्त पारेकी छिन ।

रिपोर्ट नेपाललाई एक भरपर्दो सुत्रले दिएको समाचार अनुसार अपराधजन्य कृयाकलापलाई निस्तेज पार्न सूचना संकलन गर्नका लागि राखिने सादा पोशाकका प्रहरीलाई नायव महानिरीक्षक राणाले त्यसको ठिक उल्टो पैसा उठाउनका लागि राखेकी छिन । शुरुका दिनमा आर्थिक चलखेल गर्ने तस्करसँग मिलेर तस्करी गराउनेमा नाम कहलिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी सहायक निरीक्षक नविन विक्रम थापा प्रहरी हवल्दार विशाल बराल चितवनमा ज्यादै विवादीत मानिने सुरेन्द्र साहलाई कारवाही स्वरुप दंगा काज गरेर वाहीवाही पाएकी राणाले अहिले घुमुवाका कमाण्डर प्रनाउ मधु थापाको सिफारीसमा तिनै व्यक्तिलाई ल्याएर घुमुवा बनाइएको छ । नायव महानिरीक्षक राणाले यसो गर्नुमा अन्यले पैसा उठाउन र तस्करी गराउन नसकेकै कारण भएको जानकार बताउछन् । यतिखेर मदन गुप्ता, राजु थापा, प्रदिप भट्ट, मनोज गुप्ता, रामेश्वर तिवारी, विनोद अग्रवाल, मनोज पट्टेल, नितिन अग्रवाल लगायतका व्यापारीले कपिलवस्तु लगायत पूर्वबाट भन्सार छलि गरेर सामान तस्करी गरीरहेका छन ।

पूर्वबाट पश्चिम, पश्चिमबाट पूर्व हुँदै काठमाडौं पुर्याइने भन्सार छलिका सामान भित्राउन प्रहरी नायव उपरीक्षक मधु थापाको टोली सकृय रहेको छ । इलाका प्रहरी कार्यालय पशुपतीनगरमा बसेर कहाँबाट कसरी पैसा आउछ भन्ने अनुभव संगालेका थापा व्यापारीकहाँ पैसा उठाउन पूर्व विरगंज र पश्चिम बुटवलसम्म सादा पोशाकमा जाने गरेको समाचार स्रोतको दावी छ ।

मुलुक आर्थिक संकटले थला परिरहेका बेला राज्य भनेर चिनिने प्रहरीबाट तस्करले लाइन पाएपछि राजस्व कसरी वृद्धि हुन्छ ? गम्भीर प्रश्न प्रहरीको नेतृत्व माथि उठेको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले भ्रष्टाचार र तस्करी विरुद्दको दिएको निर्देशनलाई समेत चुनौती दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.