आइजीपी भन्दा हवल्दार बलवान

रिपोर्ट नेपाल | 2020 Dec 21 | 01:25 pm 1746

वीरगंज, पुस ६ः प्रहरी महानिरीक्षक शैलेस थापाले तुरुन्त दरबन्दीमा पठाउनु भनेर पर्साकी गंगा पन्तलाई निर्देशन दिएको महिना दिन नाघिसक्दा पनि हवल्दार सुरेन्द्र साह अहिले पनि वीरगंजमा मालपानी जम्मा गर्ने कार्यमा सकृय रहेका छन् ।

एक जना ढकाल थरका एसपीलाई तीन लाख रुपौयां दिएर गोर्खाबाट पर्सा काज गराएका हवल्दार साहलाई एसपी गंगा पन्तले पुरै कुखुराको पोथीले चल्ला च्यापे झै गरी च्यापेर राखेकी छिन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार हवल्दार साहले पछिल्लो पटक ठूला सुन व्यापारीसँग हिमचिम बढाएर साना व्यापारीलाई तर्साउने गरेका छन् ।

केन्द्रीय प्रवक्ताले समेत तुरुन्त रमाना पठाउनु भनेर दिएको निर्देशनलाई एसपी पन्तले लत्याउदै हवल्दार साहलाई सुन व्यापारीसँग हिमचिम गर्नका लागि घुमुवाकै रुपमा काममा लगाएकी छिन् ।

हवल्दार साहको पछिल्लो समय सुन व्यवसायीका बादशाह मानिने उमेश साह, पण्डीत भन्ने दिपेन्द्र उपाध्याय, राजु दारुका, सन्तोष जैन, राजा जैन, सन्जय अग्रवाल, हरेन्द्र गुप्ता, विकास गुप्ता, अंकित गुप्ता, अमित गुप्ता, पानलाल गुप्ता, भिम कटुवाल, मदन सिलवाल, केबी राना र पवन अग्रवालसँग राम्रै मितेरी चलेको छ ।

जसमध्ये भिम कटुवाल, मदन सिलवाल, केबी राना र पवन अग्रवाल काठमाडौंका सुन व्यापारी हुन् ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरमा रहँदा मिरा चौधरीको घुमुवा बनेर राम्रो लाभ दिएका हवल्दार साहलाई सँगै राख्न चौधरीले समेत एसपी पन्तलाई भनसुन गरेको बुझिएको छ ।

नेपाल प्रहरीको कमाण्डरको निर्देशनलाई समेत मिच्न सक्ने हवल्दार साहको चमत्कारलाई भने मान्नुपर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.