आइजीपी कुँवरको नेतृत्वमा प्रहरीका उच्च अधिकारी कोरिया जाँदै

| 2023 Sep 10 | 05:47 pm 3481

काठमाडाैं, भदाै २४ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीको उच्च अधिकारीको टोली सोमबार साँझ दक्षिण कोरिया जाने भएका छन् ।

दक्षिण कोरिया सरकारको निमन्त्रणामा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, मिरा चाैधरी, प्रहरी नायव महानिरीक्षक विकास राज खनाल, फणिन्द्र वराल, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्री, नविन्द अर्याल जाने भएका हुन् । दक्षिण कोरीयामा दुई देशको सुरक्षा स्थिती र साइवर सम्बन्धी विषयमा छलफल हुने बुझिएको छ । भ्रमणमा गृहमन्त्रालयका अधिकारी र  महानिरीक्षक कुँवरकी धर्मपत्नी लक्ष्मी कुँवर समेत प्रस्थान गर्ने कार्यक्रम रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.